छिटाे र सजिलाे काराेबारकाे लागी
QR Code
Mobile Banking
हातेमालाे ATM सेवा
हातेमालो साकोसकाे वेबसाईटमा यहाँलाई हार्दिक
हातेमालो वचत ऋण सहकारीको सदस्य किन वन्ने ?

- विगत १४ वर्ष देखि भरपर्दो र विश्वसनीय सेवा दिइरहेको ।
- वचतमा उपयुक्त व्याज र सरल ऋृण सेवा दिइरहेको ।
- वचतमा दैनिक मौज्दातमा व्याज गणना गरि हरेक त्रैमासको अन्तमा साँवाकरण गर्ने र ऋृणमा घट्दो दरमा अर्थात बाँकी साँवामा मात्र दिनगन्ति व्याज गणना हुने व्यवस्था भएको।
- आन्तरिक तथा वाह्य रेमिट सेवाको व्यवस्था भएको।
- वालेट अपलोड, युटिलिटी भुक्तानी, क्यु आर पेमेण्ट र बैक ट्रान्सफरको सुविधा सहित अत्याधुनिक मोवाइल बैकिंडको सुविधा र पछिल्लो प्रविधिको भिसा एटिएम् कार्ड सुविधा रहेको ।
- नेफ्स्कुन र सहकारी विभाग द्वारा संयुक्त रुपमा संचालित प्रोवेशन कार्यक्रममा सहभागि रहेको ।
- ऋृण र वचत कारोवारको आधारमा सदस्यहरुले हरेक वर्ष संरक्षित पूँजी फिर्ता वोनस पाउने व्यवस्था भएको ।
- सदस्य राहत कोषबाट सदस्यको मृत्यु, प्राकृतिक प्रकोप, सुत्केरी आदीमा राहत र दुर्घटना वीमाको व्यवस्था रहेको ।
- दुर्घटना भै तत्काल अस्पताल लानु पर्ने भएमा रु २५०००। सम्म १ महिनाको लागि निर्व्याजि सापटिको व्यवस्था भएको ।
- र साना ऋणिहरुलाइ ऋण रकम वरावरको वीमा गर्ने व्यवस्था भएकोले ।
अध्यक्षकाे सन्देश
सम्पुर्ण शेयर धनि महानुभावहरु,
हामीले हाम्रो यस संस्थालाई संस्थागत सुशासन भएको, सदस्यहरुले ढुक्कले भरोसा गर्न सक्ने, पारदर्शि र सदस्यहरुका सम्पुर्ण वित्तिय आवश्यकताहरु पुरा गर्न सक्ने सहकारीको रुपमा स्थापित गराउने प्रयत्न गर्दै आएका छौं। हामीले यांहा सम्मको यात्रामा अनेकौं प्रतिकुल परिस्थितिहरुको सामना गर्नु परे पनि, सहकारीको मुल्य मान्यतामा अडिग रहंदै यस क्षेत्रको यौटा मानक सहकारीको रुपमा आफुलाई उभ्याउने कुरामा एक हद सम्म हामी सफल भएका पनि छौं । हामीले शुरु देखिनै सदस्यहरुको लागि विविध राहत सहुलियत र विमा जस्ता सुरक्षाका कार्यक्रमहरु लागु गरेका छौं र संस्थाको अवस्था अनुसार निरन्तर सो व्यवस्थामा थप गर्दै लगेका छौं । संरक्षित पूँजि फिर्ता व्यवस्थालाई सुनिश्चित गरेका छौं र आधुनिक सेवाहरु उपलव्ध गर्दै लगेका छौं र यहि ०८१ माघ महिना देखि आफ्नै भवनमा मूख्य कार्यालय संचालन गरि सेवा सुचारु गरिसकेका छौं।
सदस्य महानुभावहरु, सहकारीले आफ्ना सदस्यहरु संग मात्र कारोवार गर्न पाउने भएकोले, आफ्नो सहकारीमा जति धेरै कारोवार गर्यो संस्था पनि संक्षम वन्दै जाने, संस्था जति संक्षम वन्यो सदस्यहरुले त्यतिनै वढि सेवा र सुविधाहरु पाँउदै जाने र संरक्षित पुँजी फिर्ता वोनस पनि धेरै पाइने भएकोले सम्पुर्ण सदस्य ज्युहरुलाइ आफ्ना आवश्यकता अनुसार संस्थाले उपलव्ध गराएको सेवा सुविधा अधिकतम उपभोग गर्दै आफ्नो र आफ्नो सहकारीको अग्रगतिमा योगदान गर्न हार्दिक अनुरोध गर्दछु ।
सहकारीको सदस्यता लिन चाहने महानुभावहरुले पनि संस्थाको दिगोपन र त्यसवाट पाउन सकिने सेवा सुविधाहरु हेरेर सदस्यता लिनुहुन अनुरोध गर्दछु ।
व्यवस्थापकको कलमबाट
यहाँहरुको विश्वास र आत्मियताप्रति हामी हातेमालाे कर्मचारी परिवार आभारी छौं । हामी संचालक समितिले बनाइ दिएको नीतिहरु भित्र रही यहाहरुलाई गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्न र यहाहरुले देखेको सपना पूरा गर्न सधै प्रतिवद्ध र तत्पर छौं । यहाहरुको सल्लाह सुझाव हाम्रा लागि सधै मार्गदर्शन रहनेछ । यहाहरु यस संस्थाको मालिक हो, मालिकको सेवा गर्नु नै हामी सबै कर्मचारीको धर्म हो । यहाहरुको बचत र लगानीको सुरक्षा गर्न हामी सधै पहरेदारको रुपमा खटिरहने र आगामी दिनमा अझ नया नया आद्युनिक सेवा सुविधा प्रदान गर्दै यहाहरुको कुनै पनि वित्तीय समस्यामा हातेमालाेको उपस्थिति गराउने साथै यहाहरुको चाहाना र आवश्यकता अनुसारको सपनाहरु पुरा गर्नको लागि आवश्यक कुनै पनि वित्तीय सेवाहरु जति सक्दो छिटो छरितो र सजिलोसँग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दछौं । हामी यहाहरुमा जात धर्म र वर्गको आधारमा कुनै पनि पक्षपात पुर्ण व्यवहार देखाउनेछैनौं । सबै सदस्यको गुणस्तरीय जीवन बनाउनु हाम्रो अभियान हो ।
हालेमालाे साकाेसकाे बचत याेजनाहरु
अनिवार्य बचत
ऐच्छिक बचत
बाल बचत
आवधिक बचत
दैनिक बचत
स्वर्णिम बचत
हालेमालाे साकाेसकाे ऋण याेजनाहरु
कृषि ऋण
सदस्यहरुका लागी कृषि ऋण
व्यापारिक ऋण
सदस्यहरुका लागी ब्यापारिक ऋण
बैदेशिक रोजगार ऋण
सदस्यहरुका लागी बैदेशिक राेजगार ऋण
सवारीसाधन खरिद ऋण
सदस्यहरुका लागी सवारीसाधन खरिद ऋण
घर जग्गा ऋण
सदस्यहरुका लागी घर जग्गा ऋण
सानो व्यवसायिक ऋण
सदस्यहरुका लागी सानो व्यवसायिक ऋण
लघुउद्यम ऋण
सदस्यहरुका लागी लघुउद्यम ऋण
लघुवित्त ऋण
सदस्यहरुका लागी "लघुवित्त ऋण"
शहरी लघु ऋण
सदस्यहरुका लागी "शहरी लघु ऋण"
छोटो अवधिको ऋण
सदस्यहरुका लागी "छोटो अवधिको ऋण"
कर्मचारी ऋण
सदस्यहरुका लागी कर्मचारी ऋण
रेमिटान्स सेवाहरु




















माेबाईल बैकिङ सेवा
