स्थापनाकाे सन्दर्भ:

  • २०६७ माघ १४ गते लमजुङ्गका २८ जना समाजसेवी राजनीतिज्ञ व्यापारी र शिक्षकहरुले मिलेर सहकारी मुल्य मान्यतामा आधारीत र सदस्यहरुले ढुक्कले भरोसा गर्न सक्ने वचत ऋण सहकारी खोल्ने निर्णय गरे ।
  • २०६७ फागुन १५ हातेमालो वचत तथा ऋण सहकारी नामको सहकारी तातकालिन सदसमुकाम सहित ५ वटा गाविसहरु कार्यक्षेत्र रहनेगरि तात्कालिन सहकारी डिभिजन कार्यालय दमौलीमा दर्ता भयो।
  • २०६८ जेष्ठ ५ गतेवाट वचत ऋणको कारोवार शुरु भयो र जेष्ठ ८ गते मुख्य कार्यालय संचालनमा आयो ।

 

१. परिकल्पना

सम्पुर्ण वित्तिय सेवा दिन सक्षम समुदायको पहिलो रोजाई हातेमालो साकोस ।

२. धेय

सक्षम जनशक्ति नीति विधि र प्रविधिको अधिकतम प्रयोग गरी  गुणात्मक तथा प्रतिस्पर्धी वित्तीय तथा गैह्र वित्तीय सेवा मार्फत उद्यमशीलता र स्वरोजगारको माध्यमवाट सदस्यहरुको आर्थीक सामाजिक तथा साँस्कृतिक जीवनमा सम्वृद्धि हासिल गराउने ।

३. उद्धेश्यहरु

  1. सदस्य र कर्मचारीको वित्तीय व्यवस्थापन सम्वन्धि क्षमता अभिबृध्दि गरी प्रतिष्पर्धी गुणस्तरीय र आधुनिक सेवा प्रदान गर्न सक्ने दक्ष जनशक्तिको विकास र उत्पादन गर्ने ।
  2. वचत तथा ऋणको प्रकारहरुमा विविधिकरण गर्दै सदस्यहरुलाइ वित्तिय सेवा प्रदान गर्ने ।
  3. संस्थागत पुँजी बृध्दि गरी संस्थालाइ वित्तिय हिसावमा अनुशासित वनाउने ।
  4. सहकारीका सिद्धान्त मुल्य मान्यता र भावनालाइ आत्मसात गर्दै सदस्यहरुमा एकता र सहयोगि भावनाको विकास साथै व्यवसायिक वनाउन सहजीकरण गर्ने ।
  5. संस्थावाट प्रवाह गरिने सेवालाइ अधुनिकिकरण गर्न भोैतिक पुर्वाधार विस्तार आधुनिक प्रविधि र उपकरणको व्यवस्थापन गर्दै श्रोत साधन सम्पन्न संस्थाको रुपमा विकास गर्ने 
  6. स्थानिय श्रोत साधन पूँजी र सीपको अधिकतम उपयोगमा जोड दिने ।
  7. सामाजिक अन्धविश्वास कुरीति अनावश्यक खर्च र क्षति हुने कुलतको अन्त गर्ने अभियान संचालन र पैरवीमा एक्यवद्धता जनाउने।
  8. सदस्यहरुको सामाजिक सम्मान अभिबृद्धि र आर्थिक रुपान्तरणको लागि सामाजिक सुरक्षा कार्यक्रम र वित्तिय कारोवारमा विविधिकरण गर्ने ।
  9. संस्थाको सेवालाइ सदस्यहरुको पहुँचमा पुर्याउन सेवाकेन्द्र र अन्य विविध उपाय अपनाउने ।
  10. सेवालाइ वैज्ञानिक र प्रतिस्पर्धि वनाउंदै लैजाने ।
  11. विपत्तिको वेला भरोसा गर्न सकिने सहकारीको रुपमा स्थापित गर्ने ।